शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल
भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।
आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताउनुभयो । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “परम्परागत शिक्षालाई निरन्तररुपमा लैजान हामी आएका होइनाँै, नेपालको शिक्षालाई विकाससँग जोड्न आएका हाँै, परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो समस्या समाधान हुँदैन, अब शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ ।”
मन्त्री पोखरेलले आगामी एक वर्षभित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर राष्ट्रियरुपमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा जुटेको बताउनुभयो । साथै सबै शिक्षण संस्थालाई हरित अभियानमा जोड्ने बताउँदै मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई अब सुधार गरेर लैजाँदै विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश के हो त्यो वर्गीकरण गर्दै राष्ट्रिय र प्रदेशअन्तर्गत लैजाने तयारी भइरहेको बताउनुभयो ।
सङ्घीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको बताउँदै उहाँले यसको पहिलो मस्यौदा तयार भएको र अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको चित्रण गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढ्ने बताउनुभयो ।रासस
Comments
अरु समाचार
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा...
-
विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून...
-
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।...
-
प्रधानमन्त्री प्रचण्डको आह्वान– पढ्ने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔँ
काठमाडाैँ । आजदेखि विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१ का शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम...