ताजा समाचार

मानिसलाई बिरामी बनाउने भाइरस कुन समयमा बढी सक्रिय हुन्छ?

काठमाडाैँ ।   भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्।

अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो। ‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने ।‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ। नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ। तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ,’ उनले भने। अध्ययनले रोगका महामारी नियन्त्रण गर्न सहयोग गर्ने उनले विश्वास गरे।

‘महामारी भएको क्षेत्रमा बिहान भन्दा दिउसो बस्दा संक्रमणको खतरा घट्ने र मृत्युबाट बच्न सकिन्छ,’ उनले भने । जनावरहरुको जैबिक घडी परिवर्तनको अर्थ शरिरले भाइरस संक्रमणका लागि प्रोत्साहन गर्नु वा निम्तो दिनु भएको अध्ययनले देखाएको छ।अध्ययन समूहका अर्का वैज्ञानिक र्याचल इडगार भन्छन्, ‘सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी बिथोलिएको हुन्छ। उनीहरुलाई भाइरल रोगको जोखिम बढ्छ।’ अनुसन्धानकर्ताले अध्ययनमा केबल दुई ओटा भाइरसको प्रयोग गरेका थिए।

स्वास्था खबरपत्रिका बाट साभार

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org