न्यायपरिषद्द्वारा प्रधानन्यायाधीशका दाबेदारको नाम शिफारिश
काठमाडौं । न्यायपरिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ । सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको विवरण संवैधानिक परिषद्मा पठाएको हो ।
संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघि नै गर्नुपर्ने भएकाले संवैधानिक परिषदलाई सजिलो होस् भनेर रेकर्ड पठाइएको न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बताए ।
स्रोतका अनुसार न्याय परिषद सचिवालयले संवैधानिक परिषद सचिवालयलाई पठाएको पत्रमा दीपकराज जोशी बरिष्ठतम न्यायाधीश भएकाले एक नम्बरमा उनको नाम छ । तर, कैफियतमा उनी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अश्वीकृत भएको समेत जनाइएको छ ।
पत्रको कैफियतमा भनिएको छ– निज दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश पदमा अश्वीकृत भई हाल सर्वोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको ।
संवैधानिक परिषदको बैठक यसैसाता बसेर चोलेन्द्र शमसेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । जोशी यसअघि संसदीय सुनुवाई विशेष समितिको निर्देशनबमोजिम संवैधानिक परिषदबाट अश्वीकृत भइसकेकाले उनको नाममा यसपटक थप छलफल नहुने स्रोतको दाबी छ ।
पछिल्लो समय सर्वोच्च अदालतमा एक महिनादेखि एकै न्यायाधीशहरुको इजलास गठन गरेर सयौं रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गर्ने मुद्दाहरूको सुनुवाइ हुन थालेपछि सरकार झस्किएको छ ।
दुईजना बरिष्ठ न्यायाधीशले प्रधानन्यायाधीश मिश्रलाई भेटेरै ‘बेन्च सपिङ’ले अदालतको मर्यादा खत्तम भएको भन्दा पनि सुनुवाई नभएपछि यो विषय संसद र संवैधानिक परिषदमा पुगेको स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारी वकिलले सरकारी जग्गासम्बन्धी मुद्दाहरु ती इजलासमा परेपछि नभ्याइने भन्दै सार्न थालेका छन् । गोठाटार र महोत्तरीको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रयास भएपछि हालैमात्र महान्यायाधिवक्ताको कार्यालयबाट ती दुवै मुद्दा सारिएको स्रोतले जनाएको छ ।
तत्कालै संवैधानिक परिषद बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गरेपछि अदालतको ‘बेन्च सपिङ’ कमजोर बन्ने सुझावपछि परिषद बैठक बोलाउन लागिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश मिश्रलाई एक महिनाअघि घरविदा बस्न सन्देश पठाइए पनि उनले विदा नबस्ने बताएका छन् ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












