सस्ता भए विकास र समृद्धिका कुरा

सरस्वती पाण्डे/नेपाला समृद्धिको कुरा गर्ने वित्तिकै जोक ठानिन्छ । के हामीले समृद्ध नेपाल र सुखी नेपाली भएर देख्न मन नभएको हो र ? होइन । पक्कै होइन । हामीलाई सुसम्पन्न देशको नागरिक भएर बस्न मन छ । ताकी विश्वमा नेपाल र नेपालीको छुट्टै इज्जत होस् । शान होस् ।
हाम्रो मुलुकको विकास किन भएन ? के कारण छ त्यस्तो जसले विकास गर्न हामीलाई बारम्बार अवरोध गरेको छ । हामीले २००७ सालको क्रान्तियता धेरै आन्दोलन गरेका छौं । आजसम्म जति पनि भएका आन्दोलनहरू छन् ति सबैको उद्देश्य भनेको विकास र समृद्धि हो । हामीले मुलुकको विकास र समृद्धिको नाममा धेरै रगत र पसिना बगाएका छौं । के अब हामीकहाँ अझै पनि विकासको मुल फुटेर नेपालीका प्रत्येक घर–घरमा सिंचाई नभएको हो ?
विकास र समृद्धिकै लागि राणाले अवरोध ग¥यो भनेर राणा नै फ्याक्यौं । त्यसपछि फेरि आन्दोलन गर्नुप¥यो । हामीले पञ्चायतले अवरोध ग¥यो भनेर पञ्चायत फ्याक्यौं र बहुदल ल्यायौं । फेरि हाम्रो विकास र समृद्धिको लक्ष्य तुहिएन । हामीले बहुदल ल्यायौं । जनयुद्ध भयो । १७ हजार त मान्छे मात्रै मारिए । राजाले अवरोध ग¥यो भनेर राजै फ्याक्यौं । संविधान पुरानो भयो भने हामी नयाँ संविधान बनायौं । राणा, राजा, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हामी के पायौं र के गुमाएका छौं ? यसको समीक्षा क्ष्तिहासले गर्छ नै । तर, आज सबै बदलिएर मुलुकमा नेता मात्रै छन् । नेता गतिलो भइदिएको भए जनता सधैंको गरिबी, अभाव र छटपटीम बाँच्नु पर्ने थिएन होला । जहाँ जे जस्तो काम गरे पनि मुलुकको विकास र समृद्धि नभएको दोष जनताले नेतालाई नै दिने गरेको देखिन्छ । नेताले जनताकोभन्दा बढी आफ्नो स्वार्थ र प्रलोभनमा लाग्दा जनताको सधैं तारो बने ।
छापामा मात्रै होइन विद्युतीय सञ्चार माध्यममा समेत यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेको युगको कथन छ । विज्ञापन छ । विज्ञापनको र स्वयम प्रधानमन्त्रीको चौतर्फी आलोचना र धज्जी उठाइएको छ सामाजिक सञ्जालमा । यो किन भयो ? के विकास र समृद्धिको कुरा गर्नु कुनै अपराध हो ? के बेकार हो ? होइन । तर कुनै पनि राम्रो कुराको, वस्तुको प्रचार गर्नुपर्दैन । तर ओलीले किन त्यसरी प्रचार गरे ? जनता वाक्कदिक्क भएका छन् प्रधानमन्त्री, मन्त्री र नेताका कार्यशैली देखेर । काम चैं नगर्ने केवल भाषणवाजी गरेर मात्रै समृद्धिको सपना देखे । दुई तिहाईको बलियो सरकार छ । खुरुखुरु काम गरे भैहाल्यो नि । किन अनेको नाटक गर्नुप¥यो ?
हामीलाई आश्वासन होइन । रोजगार चाहिएको हो । सुरक्षा चाहिएको हो । न्याय चाहिएको छ । हामीलाई काम गरेर खानका लागि शान्त र सुरक्षित वातावरण चाहिएको छ । अस्पताल चाहिएको हो । गुणस्तरीय शैक्षिक संस्था चाहिएको छ । हामीलाई जीवनयापनका लागि आधारभूत आवश्यकता चाहिएको छ । सरकारले जनताका यी आवश्यकतालाई पूरा गर्न नसक्दा सरकारको आलोचना भएको हो । विकास र समृद्धिको कुरा जोसुकैले गर्दा पनि धज्जी उठ्नु भनेको हो यो लाजमर्दो अवस्था मात्रै होइन सरकार र नेताका निकै कमीकमजोरीहरू हुन् ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












