विद्यालयका लागि महायज्ञबाट दुई करोड संकलन, न्यानो कपडा पनि वितरण
कावासोती । अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन गरेको छ । नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महायज्ञमा नगद र भूमिदान गरी सो रकम सङ्कलन गरिएको हो ।
सङ्कलित रकमबाट विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गरिने विद्यालयका प्राधानाध्यपक दधिराम सापकोटाले बताउनुभयो ।
दुई सय ६५ विद्यार्थीले विद्यालयमा अध्यन गर्दै आएका र निजी स्रोतबाट दश शिक्षक राख्नुपरेको र उनीहरुको तलब जुटाउन समेत अप्ठ्यारो परेकाले महायज्ञ आयोजना गरिएको उहाँको भनाइ थियो । विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक रु एक लाख १० हजार खर्च गर्दै आए पनि विद्यालयको आफ्नो आम्दानीको कुनै स्रोत नभएकाले समस्या हुँदै आएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।
न्यानो कपडा वितरण
देवचुली नगरपालिका–१ केउरेनी बोटेटोलमा रहेको नवजागरण आधारभूत विद्यालयका तीस विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । देवचुली जेसिजको जेसिज सप्ताह कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जेसिज अध्यक्ष शालिकराम पुरीले जानकारी दिनुभयो ।
उक्त विद्यालयमा बोटे, माझी समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका ती बालबालिकालाई न्यानो कपडा वितरणले पढाइमा निरन्तरता आउने र जाडो समयमा विद्यालय नै नआउने स्थिति अन्त्य हुने उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...