एड्स दिवस : इँटाभट्टाका एड्सपीडित मजदुर महिला
भादगाउँ । विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।”
श्रीमान्कै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले डेढ वर्षदेखि भक्तपुर बस्दै आएको लामाले बताउनुभयो । एड्सकै कारण दुई पटक गर्भपतन गरेकी लामाले श्रीमान्का कारण यस्तो काम गर्नुपरेको दुखेसो पोख्नुभयो । “मेरो श्रीमान्लाई यो रोग लागेको आठ वर्ष भइसक्यो । मैले दुई वर्ष अगाडि मात्र थाहा पाएँ । यो कुरा श्रीमान्लाई पहिलै थाहा थियो तर मैले छाडेर जान्छु भन्ने डरका कारण उहाँले नभन्नुभएको रहेछ । अहिले उहाँकै कारण मैले र छोराले दुःख पायौँ ।” उहाँले भन्नुभयो, “कहिलेसम्म बाँच्छु थाहा छैन, नियमित औषधि खाइरहेकी छु । मेरो श्रीमान् औषधि खान मान्नुहुन्न । अब धेरै बाँच्दिन भन्नुहुन्छ । निको हुने रोग होइन, भन्दै मदिरा सेवन गरी मातिएर बस्नुहुन्छ । छोरासँगै उहाँको लागि समेत जोहो गर्नुपर्छ ।”
त्यस्तै ताथलीकै इँटाभट्टामा मजदुरी गर्ने सीता तामाङ (नाम परिवर्तन) पनि श्रीमान्कै कारण एचआइभी सङ्क्रमित भएकी महिला हुन् । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि भारतबाट फर्केर आएपछि श्रीमान्कै कारण एड्स लागेको बताउने ४९ वर्षीया सीताका तीन छोरी छन् । दुई वर्षसम्म एड्सले सङ्क्रमित श्रीमान्को रेखदेखमै गाउँ बसेकी सीतालाई श्रीमान्को मृत्युपछि परिवारका सबै सदस्य मिलेर घर निकाला गरेको उहाँले दुखेसो पोख्नुभयो । उहाँले रुँदै भन्नुभयो “श्रीमान्को मृत्युपछि पनि जसोतसो गरी गाउँमै मजदुरी गरेर छोरी पाल्दै आएको थिएँ, पछि मेरै सासुका कारण त्यहाँको कामबाट हटाइयो र गाउँबाट समेत निकाला गरियो ।”
कान्छी र सीता त उदाहरण मात्रै हुन् । उहाँजस्ता एचआइभी सङ्क्रमित महिला परिवारको सहारामा बाँच्नुपर्नेमा मजदुरी गरेर बस्नुपरेको कति छन् । कुनै पनि सम्बन्धित निकायसँग तथ्याङ्क छैन । राज्यले नियमित औषधि र ल्याब परीक्षण सेवा निःशुल्क रूपमा दिएता पनि घरपरिवार र समाजको डरका कारण उहाँहरुजस्ता सङ्क्रमित महिला सेवा लिन डराउँछन् । असुरक्षित यौनसम्पर्क र सुइद्वारा नशा सेवन गर्ने व्यक्तिका कारण सर्ने यो रोगका बारेमा जनचेतना फैलाउन नसकेकै कारण एड्स लागेका मानिस खुलेर नआउने सरोकारवाला बताउँछन् ।
शुरुवात संस्थाका अध्यक्ष राजेश डिडियाले भक्तपुरमा कति सङ्क्रमित छन् त्यसको यकिन तथ्याङ्क नआएको बताउनुुभयो । समाजमा बेज्जती हुने डरले बाँच्ने आशासमेत गुमाएर लुकाएर बसेका हुन्छन् । पछिल्लो सयम जिल्लामा जम्मा १९१ सङ्क्रमित भएको तथ्याङ्क छ । तर यो पूर्ण होइन, उहाँले भन्नुभयो । त्यसमध्ये ४५ जनाले भक्तपुर अस्पतालबाट औषधि सेवा लिइरहेका छन् । १०० जनाले टेकु अस्पताललगायत काठमाडाँैका विभिन्न स्थानबाट औषधि सेवन गरिरहेका छन् ।
उहाँले पछिल्लो समय सङ्क्रमित युवाको आयआर्जनका लागि विभिन्न कृषि तालीम दिनुका साथै कृषि व्यवसाय गर्नेलाई केही पूँजीसमेत वितरण गर्दै आएको बताउनुभयो ।
भक्तपुर अस्पतालका एआरटी सेन्टरका काउन्सिलर सृष्टि अर्यालले १० महिलासहित ४५ सङ्क्रमित युवालाई अस्पतालले नियमित औषधि सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई औषधिसँगै आवश्यक ल्याब परीक्षण सेवासमेत निःशुल्क रूपमा दिँदै आएको बताउनुभयो ।
Comments
अरु समाचार
-
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब...
-
विभिन्न जिल्लामा शीतलहरको जोखिम बढ्दो , कस्तो छ पूर्वतयारी ?
काठमाडौँ: यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै...
-
बैंकको सस्तोमा लिलाम कदमविरुद्ध लहानमा आन्दोलन चर्किँदै
सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार...
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।...
-
तनहुँमहोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज...
-
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्...
-
सेयर बजार परिसूचक घट्दा, बड्यो कारोबार रकम
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार...
-
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको...