निर्मला पन्त हत्याः सिन्धुलीका युवाहरूले गरे दवाब अभियानको शुरूवात
काठमाडौँ । निर्मला पन्तको बलत्कारिलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै नेपाल सरकारलाई सिन्धुली जिल्लाका युवाहरूले सदरमुकाममा दवाब अभियानको शुरूवात गरेका छन् । निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना बित्न लाग्दा पनि बलत्कारिलाई पक्राउ गर्न नसकेको भन्दै देशव्यापी आन्दोलन चलिरहेको बेलामा सिन्धुलीका युवाहरूले पनि सोमबार साँझदेखि दवाब अभियानको शुरूवात गरेका हुन् ।
सदरमुकाम सिन्धुलीमाढीमा रहेको लोकतान्त्रिक चौतारा, शान्तिनगर चोकको यात्रु प्रतिक्षालय, बजारमा चल्ने अधिकांश अट्टो र भित्ता तथा पोलहरूमा निर्मलाको तस्बिर भएको पम्पप्लेट ‘सरकार भेटियो, न्याय भेटिएन’ टाँसेका छन् । निर्मला स्वयम् बि विद्यार्थी भएको कारणले पनि आफूहरू पनि विद्यार्थी भएकाले यो अभियान सुचारू गरेको सहभागी युवाहरूले जानकारी दिए ।
अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताल यस घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकारलाई लगाएका छन । ‘दिन दुई गुण रात चौ गुण’का जस्तो यसले देश तथा विदेशमा चासो र चिन्ता जन्माएको छ । त्यसैको असर अब देशका अन्य जिल्लामा देखिन थालेका छन ।विद्यार्थी,वयस्क र वृद्ध हरु स्वयं स्वतस्फूर्त निर्मलाको निम्ति न्याय अभियानमा सहभागी भएका छन ।
यो प्रकरणमा सरकारले अपराधी पत्ता लगाएर अपराधीलाई कारवाही गरेर निर्मलालाई न्याय नदिए हामी सिन्धुली जिल्लाको हरेक स्थानीय तहमा आवाज लिएर पुग्ने र सबैलाई यो अभियानमा सरिक बनाउने अभियानमा संलग्न युवाहरूको भनाई छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












