प्रथम चौमासिकको विकास खर्च शून्य
बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका विभिन्न सरकारी कार्यालयको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ । बैतडी, दार्चुला र बझाङ जिल्लामा प्रादेशिक रणनीतिक सडक, ठूल्ठूला झोलुङ्गे पुल र सडक पुल निर्माणका लागि बैतडीमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।
कात्तिक महीनामा कार्यालय स्थापना भएको र ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर जगतप्रसाद जोशीले बताए । भौतिक पूर्वाधार विकास कार्यालयले तीनवटै जिल्लामा ९९ वटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म एउटा काम पनि शुरु भएको छैन ।
कर्मचारीको अभावमा काम शुरु गर्न नसकिएको इञ्जिनीयर जोशीले बताए । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको उनले बताए । सात सबइञ्जिनीयर र चार जना इञ्जिनीयरको दरबन्दी भएको कार्यालयमा एक जना सबइञ्जिनीयर र एकजना इञ्जिनीयरबाहेक अन्यको पदपूर्ति हुन नसकेको उनले बताए ।
बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि सामान्य कामबाहेक अन्य काम सञ्चालन गर्न नसकेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । प्रदेश सरकार मातहत स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन । अख्तियारीनै नआएकोले विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक विशनसिंह विष्टले बताए ।
विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्टले पनि बताए ।
प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयले पहिलो चौमासिकमा विकास बजेट खर्च नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...