सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग
बुटवल । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको मजदूर सम्बद्ध संस्थाले मजदूरको अधिकार र सुरक्षाको ग्यारेन्टीका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा आएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट प्रदेश नं ५ ले बुटवलमा पत्रकारसँग गरेको छलफलमा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको पूर्ण कार्यान्वयन हुनसके मजदूरको सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले यसको पूर्ण कार्यान्वयनको माग गरेको छ ।
जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सुरक्षा योजना सम्पूर्ण मजदूरको हकहित र सुरक्षाका लागि अहिलेसम्मकै महत्वपूर्ण रहेकाले रोजगारदाताले योजनाको पूर्ण कार्यान्वयनका ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिफण्टका प्रदेश अध्यक्ष हरि कार्कीले सुरक्षा योजना कार्यान्वयनका लागि मजदूर र रोजगारदाताबीच सहकार्य जरुरी रहेको बताए ।
यस्ता योजनामा औपचारिक क्षेत्रका कामदार मात्र बढी सहभागी हुने अवस्था रहे पछि सरकारले निजी क्षेत्र, ट्रेड युनियन प्रतिनिधिको समेत सहभागितामा नयाँ सामाजिक सुरक्षा ऐन बनाएको हो । यो योजना कार्यान्वयनमा आएपछि पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले स्वास्थ्य, दुर्घटना, अशक्तता, पारिवारिक सुरक्षा, निवृत्तिभरणलगायतका सुविधा पाउनेछन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












