ओली सरकार धार्मिक द्वन्द्वको नाईके : मीन विश्वकर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको इतिहासमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरूदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति भएको बताएका छन् ।
नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरूभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरूले पनि नपत्याएको उल्लेख गर्दै उनले भने,‘यो संस्थाले अकुत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए । उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाईएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?’
उक्त संस्थाको आफ्नै ‘ग्लोबल गभर्मेन्ट’ रहेको पनि उनले सुनाए । उनले भने,‘यो संस्थासँग कार्यपालिका पनि छ । लेजिस्लेचरपनि छ । खाली जुडिसियल छैन् । नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको छ ।’
संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी गरे । उनले भने,‘नेपालको ईतिहाँसमा यो राजनैतिक र कुटनैतिक रूपमा अर्को ठूलो भुकम्प हो । विश्वभरि नेपालबारे अब सबैभन्दा कमजोर दृष्टिकोण भएको सरकार हो भनेर मेसेज गएको छ । हाम्रो प्रधानमन्त्री त चार रात प्रधानमन्त्री निवास छोडेर होटेलमा गएर बस्नुभयो । अरू देशमा मन्त्रीहरूपनि नजाने कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्रीले त निवास नै छोडेर जानुभयो ।’
नेपालका हिन्दूहरूमा धार्मिक सहिष्णुता भएरमात्रै केही अप्रिय घट्ना नभएको नत्र सम्मेलनका पाहुनाहरू सोल्टी होटेल छिर्न पनि पाउँदैन थिए भन्दै उनले सुनाए । उनले भने,‘हिन्दूहरूमा धार्मिक सहिष्णुता नभएको सम्मेलनका पाहुनाहरू होटलमा छिर्नपनि पाउँदैन थिए । न त छिरेका मान्छेहरू बाहिर नै आउन पाउँथे ।’ डेढ महिना अघि मुलुकका विशिष्ट व्यक्तिहरूलाई घुँडा टेकाएर दशैंको टिका लगाईदिने अनि आज आएर तीनैले मुनसँग आर्शिवाद लिन आउन स्थानीय सरकार र प्रदेश सरकार प्रमुखहरूलाई पनि उर्दी जारी गर्नु हाँस्यस्पद भएको उनको टिप्पणी छ ।
अस्वस्थ भएर कार्यकर्तासमेत नभेटेका प्रधानमन्त्री ओलीले कुनै एक धर्म विशेषलाई प्रचार गर्न यत्रो ठूलो सक्रियता देखाएको भन्दै उनले कडा आक्रोश पोखे । उनले भने,‘हाम्रो देशका स्वयम् प्रधानमन्त्रीले संविधानको सिमा नाघ्नुभयो र १२ हात उफ्रिएर संसारकै राष्ट्रपति हुन्छुजस्तो गरेर यसरी यो कार्यक्रममा लाग्नुभयो ।’
प्रधानमन्त्री ओलीले गम्भिर गल्ती गरेको भन्दै उनले आफूहरू अहिले नै उनको राजिनामा माग्ने पक्षमा नभएपनि प्रधानमन्त्रीले सार्वभौम संसदमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए । उनले भने,‘उहाँलाई सच्चिने समय छ । यस्तो विवादित कार्यक्रममा सरकारको संलग्नता हुनु आपत्तिजनक छ । हाम्रो यसप्रति सैद्धान्तिक रूपमा असहमति र घट्नाप्रति पूर्ण आपत्ति छ । प्रधानमन्त्रीको तहबाट क्रिश्चियन धर्मलाई उच्च सम्मान र हिन्दू धर्मलाई खिल्ली उडाउने काम भयो । उहाँले व्यक्तिगत रूपमा पाउनुहुन्छ । तर, सरकारको प्रमुख भएपछि यस्तो गलत काम गर्नुहुँदैन् । त्यो पनि राज्यकोषबाट पैसा खर्च गरेर ।’ आफूहरूले यसप्रति विधिसम्मत् ढंगले प्रतिवाद गर्ने पनि उनले जनाए ।
नेता विश्वकर्माले सरकारले नौटंकी र जोकर काम गरिरहेको पनि आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण र ३३ केजी सुन प्रकरणलगायत हत्या, हिंसा र बलात्कारका घट्नामा सरकार पूर्ण रूपमा चुकेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार त अहिले अभियुक्त नजिक पुगिसकेपछि आँफै ब्याक हुन्छ । सरकारले अहिले आफ्नो मान्छेले चोरेको थाहा पाएपछि ‘खेद्नु तर नभेट्नु’ भनेजस्तो गरिरहेको छ । सरकार अहिले निर्मला पन्तको बलात्कारी खोज्दै खोज्दै जान्छ, फेरी आँफैकहाँ आईपुग्छ फुत्तै छोडिदिन्छ।’
देशलाई धार्मिक द्वन्द्वमा र भ्रष्टाचारमा चुर्लुम्मै डुबाउने, हत्या, हिंसामा चुर्लुम्म डुबिसकेको प्रधानमन्त्रीको फोटो सबै खम्बामा राख्नुपर्ने अनि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्नको लागि उनको फोटो किन राख्न नपाउने ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘यो सरकार आँफै हत्या, हिंसा, बलात्कार र अपराध, तस्करी, भ्रष्टाचार हुँदाहुँदै अब धार्मिक द्वन्द्वको पनि नाईके हुन थाल्यो।’ सरकारका गतिविधिप्रति आफ्नो पार्टीको गम्भिर भत्र्सना रहेको उनको भनाई छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












