बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ
बेत्रावती । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पु¥याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुईविरुद्ध गत भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् । सो घटनामा उनीहरूको संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...