ताजा समाचार

भारतले निर्देशिका परिमार्जन गरेपछि नेपालको विद्युत् भारत निर्यात गर्ने बाटो खुल्यो,कसरी सम्भव भयो यो कार्य ?

काठमाडौँ । भारतले क्रस बोर्डर विद्युत व्यापार ‘आयात–निर्यात’ निर्देशिका परिमार्जन गरेको छ । निर्देशिका परिमार्जन भएसँगै अब नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ ।

२०१६ डिसेम्बर ५ मा भारतले निर्देशिका जारी गरेको थियो । निर्देशिकामा आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने व्यवस्था गरिएको थियो । त्यसपछि नेपालले द्विपक्षीय बैठकहरुमा र औपचारिक रूपमा र अनौपचारीक तहमा यो निर्देशिका परिवर्तनका लागि आवाज उठाउँदै आएको थियो । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको बेला यो विषयमा चासो देखाएका थिए । भारतले ३ पौषमा निर्देशिका परिमार्जन गरेको हो ।

निर्देशिकामा नेपालको कुनै निकायमार्फत विद्युत व्यापार गर्ने वा उत्पादन गृहबाट सिमापार विद्युत व्यापार गर्नको लागि सो निकाय वा विद्युत गृहमा भारतीय लगानी ५० प्रतिशत भन्दा बढी हुने पहिलेको व्यवस्था हटाइएको छ । विद्युतलाई भारतले रणनीतिक वस्तुको रुपमा परिभाषित गरेकोमा सो परिभाषा हटाइएको छ ।

त्रिपक्षीय सम्झौताअनुसार हुने विद्युत व्यापारको लगि एक देशले अर्को देशमा विद्युत व्यापारको लागि एक देशले अर्को देशमा विद्युत व्यापार गर्दा भारतीय भूमिको माध्यम उपयोग गर्ने र विकल्पहरुको व्यवस्था गरिएको छ । जस अन्तरगत भारत सरकारको स्वीकृतिमा भारतीय प्रशारण संरचना प्रयोग गर्न सकिने व्यवस्था छ भने भारतको स्वीकृतीमा भारतको भूमिमार्फत दुई देशक बीच सिधै प्रशारण लाइन पनि बनाउन सकिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org