प्रधानमन्त्री ओलीको मौनताले फोरम र राजपा असन्तुष्ट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दा प्रतिपक्षीलाई प्रश्न सोध्न नदिएको भन्दै काँग्रेस आक्रोशित बन्यो ।
प्रधानमन्त्रीले आफ्नो एक घण्टा बढी लामो सम्बोधनमा सरकारले गरेको कामको फेहरिस्तका साथै समसामयिक विषयमा केन्द्रित रहेर धारणा राखेका थिए ।
तर ओलीले संसदमा बोल्दै गर्दा अपेक्षा गरेका केही विषयमा भने मौन देखिए । अहिले चर्चामा रहेको वाइडबडी प्रकरण र मधेसका मुद्दामा उनी मौन देखिएका हुन् ।
लामो सम्बोधन गरे पनि ओली मधेसबारे मौन बनेको भन्दै मधेसवादी दल असन्तुष्ट बनेका छन् ।
पुस १० गते प्रधानमन्त्री ओली र राजपा नेपालका शीर्ष नेताहरूबीच छलफल हुँदा मधेसको मागलाई संसदमार्फत सम्बोधन गर्न आश्वासन दिएका थिए । तर त्यो आश्वासनअनुसार केही नभएपछि राजपा नेपाल र सङ्घीय समाजवादी फोरम नेपालका नेताहरू असन्तुष्ट बनेका हुन् ।
राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा मधेसबारे मौन बन्दा आश्चर्य लागेको बताए ।
प्रधानमन्त्री ओलीले बिहीबार नै संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो तर त्यो दिन रेशम चौधरीको शपथग्रहण भएको कारणले उनले सम्बोधन गरेनन् । उनले आइतबार सम्बोधन गरे । आफूले गरेका कार्यको फेहरिस्त सुनाए । तर मधेसको मुद्दाबारे सम्बोधन गर्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको रायले धारणा राखे ।
राजपा नेपालका सहअध्यक्ष एवम् प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले दिएको सम्बोधनबाट आफूहरू सन्तुष्ट नरहेको प्रतिकृया दिएका छन् । उनको सम्बोधनबाट आफूहरूले धेरै आशा गरे पनि आशातित सम्बोधन नआएको बताउँदै उनले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको तर उनले यस विषयमा केही पनि नबोलेको भनी गुनासो गरे ।
संविधान संशोधन र मुद्दा फिर्ताबारे सात दिनभित्र काम अघि बढाउँछु भने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा मधेसको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्द पनि उच्चारण नगरेको नेता कर्णको आरोप थियो ।
फोरम नेपालकी नेतृ सरिता गिरीले पनि प्रधानमन्त्री ओलीको सम्बोधनप्रति आक्रोश पोखेकी छिन् । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा प्रतिपक्षी दल काँग्रेसलाई पटक पटक सम्बोधन गरे पनि आफ्नो सरकारको सहयोगी दलहरूलाई सम्बोधन नगरेको उनले गुनासो गरिन् ।
राजपा नेपाल र फोरम नेपालले विभिन्न मागमा सहमति भएको आधारमा सरकारलाई समर्थन गरेको गरेको भए पनि उनले ती दललाई पूर्ण रूपमा बेवास्ता गरेको गिरीले गुनासो गरिन् ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको भनी थाह पाएर एक दिनअघि फोरम नेपालले ज्ञापनपत्र बुझाएको थियो ।
विभिन्न ११ बुँदे माग राखी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गएका एक टोलीले पुस २१ गते ज्ञापनपत्र बुझाएको थियो ।
तर राजपाको जस्तै फोरमको ज्ञापनपत्रमा ओलीले पनि कुनै सुनुवाइ नगरेको फोरमका एक नेताले गुनासो गरे ।
संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीले कुरा अगाडि नबढाएपछि राजपा नेपालले संसदमा कडा रूपमा प्रस्तुत हुने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउनका लागि राजपा नेपालले संसदीय दलबाट वृषेशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ ।
Comments
अरु समाचार
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...












