उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको रविन्द्र पक्षको आरोप
काठमाडौँ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ ।
पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘जसरी विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो । यसले एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ ।’
पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको उनले स्वीकार गरेका छन् । पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको पनि उनले बताए ।
अलग हुने भएपछि हार्दिकका साथ छुटिन सकिने भएपनि नेताहरुले छापामार शैली अपनाएको उनको आरोप छ । ‘हामीले ३० गते छलफल गर्ने सोचेका थियौं तर, छापामारशैलमिा एकै पटक निर्वाचन आयोगमा दर्ता भयो रे भन्ने सूचना पायौं’ उनले भने ।
प्रवक्ता डा. आचार्यले पार्टी फुट्नु दुःखद भएको तर, आफू हतास भने नभएको दाबी गरे । ‘हामीलाई जनताले आशाको रुपमा हेरेका थिए, त्यसमा ठेस लाग्यो । हाम्रो चिन्ता यसमा हो’ उनले भने, ‘तर, हामी हतार भएका छैनौं, आफ्नो लक्ष्यमा दृढ छौं ।’
उज्वल थापा समूहले लगाएको ५ जना केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत पुर्याउन खोेजेको, पेलेको जस्ता आरोपहरुको विवेकशील साझा पार्टीले खण्डन गरेको छ ।
प्रवक्ता आचार्य भन्छन्, यस्तो अंक गणितको राजनीति त हामीलाई थाहै छैन । पुरानो राजनीति त बरु छुटेर जाने साथीहरुले राम्रोसँग जान्नु भएको रहेछ ।’
बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ । साथै माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय भएको छ ।
केन्द्रीय समितिको बैठकले १५–१९ फागुन २०७६ मा महाधिवेशन गर्ने निर्णय समेत भएको छ । यस्तै प्रदेश १ को संयोजकमा अनिल भेटवाल तोकिएको प्रवक्ता आचार्यले जानकारी दिए । साथै पार्टीमा युवा र महिला संगठन बनाउने निर्णय गर्र्दै युवा संयोजकमा अब्दुस मियाँ र महिला संयोजकमा सोभिता परियारलाई नियुक्त गरेको छ ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












