ताजा समाचार

नैनसिंह महरसहित ६ जना पक्राउ

काठमाडौ । नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुला‌ई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ।

प्रदर्शनकारीले सरकारको विरोध गर्दै नारा लगाएका थिए। कांग्रेस पछिल्लो समय चरणवद्ध रुपमा सरकार विरुद्ध प्रदर्शन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org