ताजा समाचार

बाध्यता या रहरः जनयुद्ध दिवसलाई प्रचण्डले नेकपामा पुगेपछि बनाए शहीद स्मृति दिवस !

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  जनयुद्ध दिवसलाई नाम परिवर्तन गरेर शहीद स्मृति दिवस मनाउने भएको छ ।

तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो ।

तर, नेकपाले जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रदाञ्जली कार्यक्रम भन्दै पूर्वमाओवादीको अस्थित्व स्विकार गरि नसकेको देखिएको छ ।

प्रचण्ड प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी भएपनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने पक्का भएको छ । नेकपाका दुबै अध्यक्षद्वय र महासचिव विष्णु पाैडेलबीच भएको गोप्य सहमतिका आधारमा दिवस मनाउने निर्णय भएको स्रोतको दावी छ ।

पार्टी एकताको मर्म र भाव अनुसार शब्दलाई तलमाथी पार्न खोजिएको भन्दै पूर्वमाओवादीका एक नेताले न्युज-नेपालसंगको कुराकानीमा जनाए । उनले भने, पूर्वएमालेमा केहि यस्ता तत्व छन्, जसले माओवादी युद्धलाई जनयुद्ध भनेर सुन्नै चाहन्नन् । आखिर किन यस्तो सोचिदै छ यो आश्चार्यको कुरा हो । यसरी पार्टीका कुनै पनि गतिविधि अगाडी बढ्लान जस्तो लाग्दैन र पार्टी एकता समेत निष्कर्षमा नपुग्न सक्छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org