ताजा समाचार

गंगामाया अधिकारीले किन बनाइन् एक्कासी राहदानी ?

छोरा कृष्णप्रसादको मुद्दा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने भन्दै गंगामाया अधिकारीले राहदानी बनाएकी छिन् ।

न्याय नपाएको भन्दै गत पुस २५ गते पुल्चोकस्थित राष्ट्रसंघ भवन पुगेकी गंगामायाले पुष १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राहदानीका लागि निवदेन दर्ता गरेकी थिइन् ।

गंगामायाको राहदानी बनाउन उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल आइतबार बबरमहलस्थित जिल्ला प्रशासनमा कार्यालय पुगेका थिए।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको अपहरणपछि हत्या भएको थियो।

राहदानी बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गंगामायाले न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताइन्।

छोराको हत्यारालाई कारबाही हुनुपर्ने मागसहित गंगामाया पटक-पटक आमरण अनसनमा बसिसकेकी छिन्।

उनका पति नन्दप्रसाद अधिकारीको छोराका न्यायका लागि अनसनकै क्रममा निधन भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org