ताजा समाचार

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहरासहितका नेता राप्रपामा प्रवेश

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहरासहितका केही नेताहरु कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा नेतृत्का राप्रपाहरुको एकतापछि असन्तुष्ट रहेका उपाध्यक्ष बोहरा थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका हुन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपा अध्यक्ष कमल थापाले बोहरासहितका नेताहरुलाई पार्टीमा स्वागत गरे ।

राप्रपामा एकीकृत हुनेमा बोहरासहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तिन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु रहेको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बोहराले पशुपति शमशेर राणासँग एउटै पार्टीमा विगत २८ वर्षदेखि सहकार्य गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org