ताजा समाचार

योगेश भट्टराईले स्वर्गीय अधिकारीलाई लेखे भावुक स्टाटसः यार ! तिम्रो मृत्युको उत्तर समयले माग्नेछ !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको मृत्युले स्तब्ध भएको भन्दै दुख व्यक्त गरेका छन् ।

उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै ‘प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।’ भनेर मार्मिक शब्दको प्रयोग गरेका छन् ।

यस्तै उनले लगातार दुई थप स्टाटस लेखेर पत्रकार साथीहरुको फोनको घण्टी बजेपनि आफू कुनै पनि टिप्पणी गर्न नसक्ने जनाएका छन् । नेता भट्टराईले मन्त्री अधिकारीको मृत्यको समयले उत्तर माग्ने छ भन्दै गम्भीर प्रश्न समेत उठाएका छन् ।

हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तैः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org