ताजा समाचार

भोली सार्वजनिक विदा, मन्त्री अधिकारीलाई राजकिय सम्मानदिने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।

हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org