ताजा समाचार

‘केपी ओली राजा बन्न खोजे’ भन्दै विद्यार्थी सडकमा उत्रिए

काठमाडौं ।

सरकारले सिके राउतसँग सम्झौता गरेको प्रति देशभरी आलोचना भइरहेको बेला राजधानीमा पनि विरोध प्रदर्शन गरिएको छ । आर आर क्याम्पसको नेपाल विद्यार्थी संघ इकाईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शन गरेको हो । बिहान आरआर क्याम्पस अगाडि उनीहरुले टायर जलाएर प्रदर्शन गरेका थिए।

विद्यार्थीको प्रदर्शन केही बेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो।

देशको अखण्डतामाथि प्रहार गर्न सरकार नै उद्दत देखिएकोले प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइका अध्यक्ष पुस्कर बास्तोलाले बताए। बास्तोलाले भने, ‘गैरन्यायिक व्यक्तिलाई अदालत र सरकारको सेटिङमा जेलबाट रिहा गरी सम्झौता गरेर सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गर्‍यो। केपी ओली राजा बन्न खोजे। यसको विरोधमा हामीले प्रदर्शन गरेका हौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org