ताजा समाचार

विप्लवमाथी सरकारले लगायो प्रतिबन्ध !

काठमाडौं । सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

विप्लवको पार्टीलाई आपराधिक समूह भएको ठहर गर्दै मंगलबार बसेको मन्त्री परिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

तर, सत्तारुढ दलकै नेताहरुले सरकारले गरेको निर्णयको विरोध गरेका छन । हतारमा निर्णय गरेर समस्यालाई बढाउन भन्दा राजनीतिक हल खोज्न समेत आग्रह गरेका छन् ।

सरकारका गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा ‘बादल’को विप्लवसङ्ग जंगलमा खिचेको फोटो राख्दै सामाजिक संजाल फेसबुक, ट्विटर लगाएतमा विरोधका साथै प्रधानमन्त्री ओली र बादलले अदुरदर्शी निर्णय गरेको भन्दै निर्णयबारे सोच्न आग्रह दमेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org