ताजा समाचार

वाइडबडी काण्ड: युवा संघका अध्यक्ष भन्छन्, ‘शेरबहादुर देउवा नाइके हुन जेल हाल्नुपर्छ ‘

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले कांग्रेस सभापति शेर बहादुर देउवालाई जेल हाल्नुपर्ने बताएका छन् ।

वाइडबडी प्रकरणका मुख्य नाइके सभापति देउवा रहेको र उनलाई पक्राउ गरि जेल हाल्नुपर्ने माग पौडेलले राखे ।शनिबार भक्तपुरमा कार्यकर्ताहरुको छलफलमा उनले देशमा भएका सवै घोटला प्रकरणहरु नेपाली कांग्रेसको नेतृत्वमा नै भएकाले बताए ।

२०७४ जेष्ठ २४ गते सभापति देउवा प्रधानमन्त्री तथा पर्यटन मन्त्री भएको र सोही २९ गते वाइडबडीको रकम निकासा गर्न सिफारिस गरेका थिए ।

अध्यक्ष पौडेलले वर्षौ लामो समयको योजनामा सभापति देउवाले उक्त घोटला गरेको समेत बताए । नेपाल वायु सेवा निगमलाई डुवाउने खेलमा कांग्रेस तल्लिन रहेको भन्दै अध्यक्ष पौडेलले लेखा समिति तथा उपसमितिले तयार पारेको प्रतिवेदन हावादारी भएको समेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org