ताजा समाचार

चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ।

वीरगञ्जबाट चरेशसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार भारतको बिहारका ४३ वर्षीय शुभनारायण साहलाई वीरगञ्जबाट चार किलो चरेशसहित पक्राउ गरिएको हो ।

प्रहरी चौकी ईनरुपवाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका—१६ स्थित ईनर्वा चौकी अगाडी सडकमा विभिन्न सवारीसाधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेका उनीमाथि शंका लागि प्रहरीले चेकजाँच गरेको थियो ।

उनको साथबाट लागूऔषध चरेश ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खुट्टामा कालो पट्टी बाँधेर उनले चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रन सफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org