तीन सरकारी भवन अलपत्र
सुर्खेत ।
ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् ।
विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण गर्ने उद्देश्यले गोदाम घर निर्माण थालिएको थियो । निर्माण अधुरै रहेपनि सङ्घीय सरकारले ती भवन प्रदेशलाई हस्तान्तरण गरिसकेको छ ।
सङ्घीय आयोजना एकाइ सुर्खेत शाखाले निर्माण व्यवसायीलाई पटक÷पटकपत्र पठाए पनि सम्पर्कमा नआएकाले कानूनी कारवाही गर्न बाध्य भएको जनाएको छ । एकाइ प्रमुख जगदीश लामिछानेले जिएम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताए ।
‘‘बारम्बार सम्पर्कका लागि पत्राचार गर्दासमेत कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका छैनन्,’’ उनले भने,“धरौटी जफत गरेर अर्को कम्पनीलाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाउँछौं ।”
जिएम कन्स्ट्रक्सनले विपद् व्यवस्थापनसम्बन्धी सामान राख्न गोदाम निर्माणका रु दुई करोड ९८ लाख पाँच हजारमा सम्झौता गरी रु एक करोड २६ लाख ६० हजार भुक्तानी लिइसकेको छ । यसको करीब ४५ प्रतिशत काम मात्र पूरा भएको छ ।
त्यस्तै जिल्ला कारागार रु दुई करोड ३६ लाख ९८ हजारमा सम्झौता गरी रु एक करोड ७७ लाख ४३ हजार र कटकुवा हेल्थपोष्ट रु एक करोड एक लाख ५३ हजारमा निर्माण गर्ने सम्झौता गरी रु ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...












