ताजा समाचार

राजपाले बारा-पर्सा पीडितलाई पाँच लाख सहयोग गर्ने

काठमाडाैं । राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु पाँच लाख सहयोग गर्ने भएको छ ।

राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ ।

राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org