ताजा समाचार

राैतहटमा हावाहुरीका कारण एक महिलाको मृत्यु

रौतहट । हावाहुरीका कारण राैतहटमा एकजनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान करिब ९ बजे आएको हावाहुरीका कारण देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ ।

घरको छाना हावाले उडाउदा टाली खसेर गम्भीर चोट लागेपछि उनको मृत्यु भएको स्थानिय हरिहर चमनइले जनाएका छन् । तर, राैतहट प्रहरी एसपी भुपेन्द्र खत्रीले भने हावाहुरी भन्दा पनि  घरको छाना उडाएपछि चिसोका कारण मृत्य भएको हुनसक्ने जनाएका छन्।

हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका ५५ भन्दा बढी घरको छाना उडाएको छ । केही गाउँमा विद्युत अवरुद्ध भएको छ । असिनाले अन्नबालीमा समेत क्षति पुगेको छ । स्थानीय देवाही गोनाही नगरपालिकाको अधिकांश घरका छाना उडाएको छ। ‘अधिकांशको घरको छानामा लगाएको खपडा टाली र फुसको छानामा क्षति पुगेको छ,’ मेयर धर्मेन्द्र पटेलले जनाए ।

देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्‍याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए ।

वेगमा आएको हावाहुरीले गाैर भन्सार कार्यालयको फलामे वैरियर समेत भाचिएको जनाइएको छ  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org