ताजा समाचार

आइएसले सार्वजनिक गर्‍याे श्रीलंकामा बम विस्फाेट गराउने ८ लडाकुकाे तस्बिर

एजेन्सि । श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ।

मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे।

ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै साे हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था ‘आज तक’का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे।

तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्।

यसअघि म‌ंगलबार साे हमलाकाे जिम्मेवारी आइएसले लिएकाे ‘अमाक न्युज एजेन्सी’लाई उद्धृत गर्दै ‘राेयटर्स’ले लेखेकाे थियाे।

श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि मंगलबार घटना आइएसले गराएकाे हुनसक्ने अनुमान गरेका थिए। यसअघि उनले घटनामा अन्तर्राष्ट्रिय तत्वकाे हात रहेकाे बताएका थिए।

सरकारका प्रवक्ता रजित सेनारत्नेले पनि विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका थिए। ‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको बताएको थियो।

आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समितिसमेत बनाइएकाे छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपाेर्ट बुझाउन २ साताकाे समय दिइएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org