ताजा समाचार

क्याप्टेन विजय लामा वायु सेवा निगमको प्रवक्ताबाट पदमुक्त

काठमाडाैं । नेपाल वायु सेवा निगमले क्याप्टेन तथा प्रवक्ता विजय लामालाई पदबाट पदमुक्त गरेको छ ।

केहि समय पहिले क्याप्टेन लामाले दिएको अभिव्यक्ति विवादास्पद भएपछि निगमले उनलाई स्पष्ठिकरण सोधेको थियो । तर, उनले चित्तबुझ्दो जवाफ नदिएपछि प्रवक्ताबाट जिम्मेवारी मु्त गरिएको निगमले जनाएको छ ।

प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी निगमले दिएको छ  ।

‘क्याप्टेनको संवेनशीलतालाई आधार बनाएर उनलाई प्रवक्ताबाट मात्रै हटाएको हो अन्य कुनै जिम्मेवारी खोसिएको वा उडानै गर्न नपाउने भन्ने होइन,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने। उनका अनुसार निगमले लामालाई प्रवक्ताबाट हटाउने निर्णय गरेर आजै प्राधिकरणमा पठाएको छ । ‘अब लामालाई उडानमा मात्रै प्रयोग गर्ने निर्णय भएको छ’, खरेलले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org