ताजा समाचार

बुवालाई साक्षी राख्दै क्याप्टेन विजय लामाले भने, जस्तो सुकै आधी भेरी र पीडा भएपनी निडर हुन सिकेको छु !

काठमाडौ । नेपाल वायु सेवा निगमको प्रवक्ताबाट निलम्बनमा परेका क्याप्टेन विजय लामाले भावुक स्ट्याटस लेख्दै आफ्ना बुबाको फोटो सेयर गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा भावुक कुरा लेख्दै आफ्ना बाबुबाट सत्य मार्ग, आत्म बल, सहि सोछ र निडर हुन सिकेको जनाएका हुन् ।

क्याप्टेन लामाले बुवाको फोटोसङ्गै आफू जस्तो सुकै आधी भेरी आएपनी निडर भएर अगाडी बढ्ने संकल्प समेत गर्‍का छन् ।

क्याप्टेन लामाले यस्तो लेखेका छन्: 

मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु!

देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु!
त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन!!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!

जय चन्द्र सुर्य!

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org