ताजा समाचार

पहाडमा जन्मिन्थ्ये भने नेपाली भन्न पाउने भाग्य मिल्थ्यो, मधेसमा जन्मे नेपली भनेर गर्व गर्न पाइनः ठाकुर

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले मधेसमा जन्मिएका कारण आफू गर्वका साथ नेपाली भन्न नपाएको गुनासो गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको भन्दै ठाकुरले भने, ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो,’ ठाकुरले भने, ‘तर मधेसी परिवारमा जन्मिएको हुँ, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन ।’

सोमबार नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै नेता ठाकुरले भने, नागरिकताको विषय उठ्नासाथ भारतीयहरु नागरिकता लिन लाइनमा बसेका छन भनेर प्रचार गरिन्छ । यदी भारतीयहरु नेपाली नागरिकता लिन लाइनमा बसेका छन भने सरकारी अधिकारीहरु के हेरेर बसेका छन् ? प्रतिप्रश्न गर्दै ठाकुरले यस्ता विषयले चित्त दुख्ने गरेको समेत जनाए ।

नागरिकताको विषयले आफूलाई भारतीय देख्ने नेपाली समुदायमा नेपाली भनेर गर्वका साथ बस्न नपाउनु नै दुखद कुरा हो ठाकुरले भने ।

मनको बह र पीडा पोख्दै नेता ठाकुरले भने, ‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org