ताजा समाचार

मिडियाकर्मी अहंकारी,अशिष्ट भए,यस्तो व्यवहारले अप्ठ्यारो स्थिति आउन सक्छः बाबुराम

काठमाडाैँ ।  पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केही ‘मिडियाकर्मीको र असनको साँढे’जस्तो व्यवहारले अप्ठ्यारो स्थिति आउन सक्ने बताएका छन्।

समाजवादी  पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवमाथि एभिन्युज टेलिभिजनका अन्तर्वार्ताकारले गरेको व्यवहारबारे ट्विटरबाट डा. भट्टराईले  टिप्पणी गरेका हुन्।

‘यस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयक विरोध गर्नेहरु सबैलाई अप्ठ्यारो पार्छ है’, पूर्व प्रधानमन्त्री समेत रहेका उनले भनेका छन्, ‘यो अति निन्दनीय र गम्भीर छ। एक बिराउने शाखा पिराउने भन्ने लोकोक्ति छ, मिडिया नेतृत्वको ध्यान पुगोस्।’

एभिन्युज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रमका लागि आइतबार समाजवादी पार्टी केन्द्रीय अध्यक्ष तथा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अतिथि थिए। अन्तर्वार्ताका क्रममा कार्यक्रम सञ्चालक सुशील पाण्डे र यादवबीच भनाभनको स्थिति बनेको थियो।

तनाब झेल्न गाह्रो भएपछि मन्त्री यादव अन्तर्वार्ता छोडेर हिँडेका थिए। सोमबार बिहानैदेखि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org