ताजा समाचार

भाजपा गठबन्धनको ऐतिहासिक जित,तीन सय तीन स्थान जित्ने पक्का

काठमाडौं । भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ।

अघिल्लो चुनावमा तुलनामा २१ स्थान बढी हो। सन् २०१४ मा भएको आम निर्वाचनमा भाजपाले मोदीको नेतृत्वमा २ सय ८२ स्थानमा जीत हासिल गरेको थियो।

यो समाचार तयार पर्दासम्म भारतीय निर्वाचन आयोगले ५ सय ४२ मध्ये ५ सय १२ स्थानमा निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा भाजपाले २ सय ९० स्थानमा जीत हासिल गरेको छ भने १३ स्थानमा आग्रता कायम गरेको छ।

त्यस समयमा सन् १९८४ पछि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्रापत गरेको पहिलो पटक थियो। बहुमतमा लागि २ सय ७२ स्थान आवश्यक पर्छ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लिन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहार रहेको विपक्षी गठबन्धनलाई पराजित गरेको छ।

पश्चिम बंगाल र उडिसामा पनि भाजपाले अहिलेसम्मकै राम्रो प्रदर्शन गरेको छ । दक्षिणी राज्यहरुमा कर्नाटका बाहेक अन्यत्र भाजपाले राम्रो भने गर्न सकेन। पूर्वोत्तर राज्यमा पनि पहिलो पटक जीत हासिल गरेको छ । मोदी लहरका असर दक्षिण भारत बाहेक पुरै भारतमा देखियो।

त्यसैगरी विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ५० स्थानमा जीत हासिल गरेको छ भने २ स्थानमा आग्रता रहेको छ। कांग्रेसले सन् २०१४ को तुलनामा सुधारिएको प्रदर्शन गरे पनि यो पर्याप्त भने छैन।

यसले कांग्रेस अध्यक्ष राहुल गान्धीको नेतृत्व क्षमताको प्रश्न उठाएको छ। पछिल्लो समयमा विभिन्न राज्यमा भएको विधानसभा चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गर्न सकेन।

डिसेम्बरमा भएको विधानसभा चुनावमा कांग्रेसले भाजपाले १५ वर्षदेखि शासन गर्दै आएको छत्तीसगढ र मध्य प्रदेशमा सरकार बनाउन सफल भएको थियो। त्यसैगरी मोदीका गृह राज्य गुजरातमा पनि भाजपालाई कडा टक्कर दिएको थियो।

तर , लोकसभा चुनावमा भने त्यसमा कुनै असर देखिएन । कांग्रेसले राजस्थान, गुजरात, हरियणा र दिल्लीमा कुनै स्थान जित्न सकेन । मध्य प्रदेशमा एक र छत्तीसगढमा दुई स्थानमा खुम्चियो । चालिस स्थान रहेको बिहारमा एक र ८० स्थान रहेको उत्तर प्रदेशमा एक स्थान चित्त बुझाउन परेको छ।

उत्तर प्रदेश रहेको परम्परागत गठ अमेठीबाट पार्टी अध्यक्ष राहुल गान्धीले चुनाव हारेका छन् । उनलाई केन्द्रीय मन्त्री स्मृति इरानीले पराजित गरिन ।
लोकसभामा तेस्रो राजनीतिक दलका रुपमा तामिलनाडुको डिएमके हुने देखिएको छ। सो दलले २२ स्थानमा जीत हासिल गरेको छ भने एक स्थानमा आग्रता कायम गरेको छ।

त्यसैगरी आन्ध्र प्रदेशका वाईएसआर कांग्रेस र पश्चिम बंगालको त्रिणमुल कांग्रेसले २२–२२ स्थान जित्ने देखिएको छ । त्यसैगरी शिव सेनाले १८ जितेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org