ताजा समाचार

नेकपा सचिवालयको बैठक केहिबेरमा बस्दै, टुंगिएला केन्द्रीय कमिटीको जिम्मेवारी ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार फेरि बस्ने भएको हो ।

हिजो मंगलबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज दिउसो १२ बजेका लागि फेरि बैठक बोलाइएको हो ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच कुराकानी नमिलेपछि आउका लागि पुनः बैठक बोलाइएको हो । केन्द्रिय सदस्यको जिम्मेवारी बाँडफाडको क्रममा दुई नेताहरुबीच कुरा नमिलेपछि आजका लागि बैठक बोलाइएको नेकपाकिा एक नेताले जनाए ।

जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी कसलाई दिने भन्नेबारे कुरा नमिलेपछि मंगलबार बसेको बैठकमा सहमति हुन नसकेको हो ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच सहमति भएर आज बस्ने बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने जनाइएको छ । त्यसपछि सांगठनिक एकीकरणसहित प्रवास संगठन एकतालगायतका विषयमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org