ताजा समाचार

प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार र पार्टी आलोपालो चलाउने सहमति भएकै होः बामदेव गाैतम

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गाैतमले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच आलोपालो सरकार चलाउने सहमति भएको दाबी गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता गाैतमले प्रचण्डले पार्टी एकता हुनुभन्दा पहिले एकजनाले सरकार र अर्काले पार्टी हाँक्ने भनेर प्रस्ताव लगेपछि पुनः दुवै अध्यक्षबीच सरकार र पार्टी चलाउने सहमति भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आलोचना सहन गर्न सक्नु पर्ने भन्दै नेता गाैतमले सरकारबाट निस्किएर सहमति कार्यान्वयन गर्नु कुनै नाैलो कुरा नभएको समेत ठोकुवा गरेका छन् । पार्टी एकता हुँदा समेत एकता महाधिवेशन नहुन्जेल सहमतिमा मात्रै चल्ने गरि पार्टी एकता भएको जनाएका छन् ।

विवाद लम्बिनुको कारण पार्टीमा जिम्मेवारी बाँडफाड नहुनुले समस्या परेको जनाएका छन् । तर, पार्टीमा कुनै छलफल नगरेर प्रधानमन्त्रीले आफू खुशी काम गर्न खोजेकाले समस्या आएको बताए । घोेचपेच गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा बढेकाले समस्या आउनसक्ने संकेत नेता गाैतमले गरेका छन् ।

यद्यपी नेता गाैतमले सरकार र पार्टी समहितिका आधारमा चल्ने भन्दै पार्टी एकताको स्पिरिडलाई समेत बुझ्न जरुरी रहेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org