ताजा समाचार

जिल्ला नेतृत्व टुंगो लगाउन नेकपालाई सकस, आजको सचिवालय बैठक स्थगित

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी नटुंग्याइ बैठक भोलीका लागि पुनः सारेको छ ।

बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाउने तयारी थालेपनि मापदण्डलाई लिएर चलेको विवादका कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बरिष्ठ नेता माधव कुमार नेपाल नेताहरुलाई दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि बैठकले निर्णय गर्न नसकेको हो । यद्यपी भोली बिहिबार ९ बजेका लागि बैठक बोलाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, प्रधानमन्त्री ओलीको कार्यक्रम अन्तै भएकाले समय अपुग भएको हो । भोलीका लागि तय भएको बैठकले निर्णय गर्नेछ । ‘जिल्ला कमिटिका इन्चार्ज, सहइन्चार्ज तोक्नेबारे आजको बैठकमा छलफल भयो। त्यसलाई टुंग्याउने तिर बैठक अघि बढेको छ ।

पहिले प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश इन्चार्जको भुमिका पाएका थिए तर, यसपटक भने नेता नेपालले दोहोरो भुमिका अस्विकार गरेपछि विवाद बढेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org