ताजा समाचार

सरकार रोजगारी दिन घरघर आएको छः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै घर घरमा गएर रोजगारी दिने बताएका छन् ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले बेरोजगारलाई घर घर पुगेर रोजगारी दिने बताए । ‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ,सरकार कहाँ छ भन्नेलाई यहाँ(भक्तपुर) मा  जवाफ छ’ प्रधानमन्त्री ओलीले भने,‘हामी घरघरमा जागिर दिन आएका छौं ।’

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत भक्तपुरका चारवटा नगरपालिका ७ सय जनालाई रोजगारी दिइएको छ ।

४० लाख नेपाली युवालाई आफ्नो सरकारले विदेश नपठाएको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताए ।

सरकारको कामले विपक्षीलाई सही नसक्नु बनाएको भन्दै ओलीले भने,‘हामी सरकारमा चकट देखाउन आएका होइनौं, काम गर्न आएका हौं ।’

उनलेसरकारले भ्रष्टाचार नगरि काम गरिरहेको दाबी गर्दै यो काममा विश्वास गर्ने सरकार भएको बताए ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले गरेको वाँचा अनुसार ५ लाख युवालाई जसरीपनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सयलाई आंशिक रुपमा रोजगारी दिइएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org