ताजा समाचार

गृहमन्त्री बादलको जवाफः गुठी विधेयक विरोधी प्रदर्शन शान्तिपूर्ण थिएन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघरमा गुठी विधेयकविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा हान्दासमेत भीड नियन्त्रणमा नआएपछि प्रहरीले गरेको बल प्रयोग गरेको स्पष्टीकरण दिएका छन् ।

सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयका बोल्दै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडकै सुतेर बाटो अवरोध गरेको र प्रहरीले पटक पटक माइकिङ गर्दा समेत अटेर गरेपछि सामान्य बल प्रयोग गरेको बताए ।

‘कानून विपरीत सडक अवरोध गर्ने र प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्दा केही प्रहरी घाइते भए’, गृहमन्त्री थापाले अगाडि भने, ‘त्यसपछि सवारी साधानको घर र सर्वसाधारणको ज्यानको क्षती हुन नदिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा समेत भिड नियन्त्रमा नआएकोले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछ गरेर छाडिएको छ ।’

गुठीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका थिए ।

प्रहरी धरपकडको विरोधमा प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको थियो ।

गृहमन्त्री थापाले प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकारको उपयोग गर्दा प्रचलित कानून, सार्वजनिक हित र नागरिक कर्तव्यप्रति सचेत रहन पनि अपील गरे । आइतबारको घटनामा प्रहरी दोषी रहेको पाइए कारबाही गर्ने उनको प्रतिवद्धता छ । ‘हिजो भएको घटनामा कानून विपरीत बल प्रयोग भएको वा नभएको छानबिनबाट आउँछ । त्यसआधारमा आवश्यक कारबाही गर्छौं,’ उनले भने ।

गृहमन्त्री थापाले घटनामा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको उल्लेख हुन त्यसप्रति दुखः प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org