ताजा समाचार

गर्मी ह्वात्तै बढ्यो, आज भैरहवामा उच्च तापक्रम मापन !

काठमाडाैं । देशभर अत्यन्तै गर्मी बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बन्दै गएको छ ।

केहिदिन देखि तापक्रम बृद्धि भएका कारण गर्मी उच्च रहेको छ । आज सबैभन्दा धेरै तापक्रम भैरहवामा रहेको छ । भैरहवाको तापक्रम ४३.३ डिग्रि सेल्सियस रहेको छ भने,  नेपालगंज र दिपायलमा ४३ रहेको छ । यस्तै, धनगढी ४२.५ दाङ सुर्खेतको विरेन्द्रनगरमा क्रमश ३९.९ र ३९.६ रहेको छ ।

काठमाडाैंमा समेत अत्यधिक गर्मीको महशुस गरिएको छ ।

केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो। अझै एक/दुई दिनसम्म गर्मी बढ्नेछ। अबको तीन/चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद्हरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org