ताजा समाचार

भारतीय लोकसभामा इतिहासमै पहिलो पल्ट नेपाली भाषामा सपथ !

काठमाडाैं । इतिहास मै पहिलो पटक भारतीय लोकसभामा एक लोकसभा सदस्यले नेपाली भाषामा सपथ ग्रहण गरेका छन् ।  लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् ।

लोकसभामा आजसम्म नेपाली भाषामा सपथ लिएको पहिलो घटना भएको भन्दै भारतीय मिडियाले जनाएका छन् । तर, भारतमा केहिले संस्कृत कसैले अंग्रेजी भाषामा भने सपथ लिने गरेका थिए । भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ ।

सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org