ताजा समाचार

लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त,जिल्ला इन्चार्ज मारिए

काठमाडाैं । सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच भएको भिडन्तमा जिल्ला इन्चार्ज मारिएका छन् ।

प्रहरी र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकामा भएको भिडन्तमा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेल मारिएका हुन् ।

प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भीडन्तमा अन्य तीनजना भने भागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार विप्लव चारजना कारयकर्ता मोटरसाइकलमा सर्लाहीबाट सिन्धुली तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरुले फायर खोलेका थिए । त्यसपछि प्रहरीलले जवाफी फायर खोल्नु परेको उनले जनाए ।

मृतक पाैडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तर, सर्लाही जिल्ला प्रसासन कार्यालयका सुचना अधिकारी चिरञ्जिवी भट्टराईले भने कुनै भीडन्तबारे जानकारी नआएको जनाए ।

घटनास्थल तर्फ प्रहरी पुगेपनि यसबारे थप विवरण भने खुलन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org