ताजा समाचार

विप्लवको बन्दमा रामेछापको मन्थलीमा सिलिण्डर विष्फोट

रामेछाप । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डर पड्किएको छ ।

उनीहरुले ग्यास सिलिण्डरमा आगो लगायर विष्फोट गराएका हुन् । रामेछापको मन्थलीमा सोमबार राती २ बजे तिर बसपार्क भन्दा केहि माथिको भागमा विष्फोट गराएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।

विप्लवको बन्दले जिल्लामा आंशिक रुपमा सवारी चलेका छन भने शैक्षिक संस्था भने चलेका छैनन् । तर, लामो दुरीका सवारी भने ठप्प रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org