ताजा समाचार

साउदी अरबमा महिलालाई स्वतन्त्र ढंगले विदेश यात्रामा निस्किन अनुमति

काठमाडाैं । साउदी अरेबियामा महिलालाई पुरुष अभिभावकको सहमतिबीना विदेश यात्रा गर्ने बाटो खुलेको छ ।

शुक्रबार जारी शाही आदेश अनुसार २१ वर्ष उमेर पुगेका महिलालाई पुरुष अभिभावकको अनुमति नभएपनि राहदानी प्राप्त गर्नका लागि बाटो खोलिदिएको छ ।

आदेशमा पुरुष सरह महिलालाई राहदानी प्राप्त गर्न र विदेश एक्लै घुम्न त्यहाँको सरकारले अनुमति दिएको जनाइएको छ । तर, यसअघि साउदीमा महिलालाई राहदानी प्राप्त गर्न तथा विदेश घुम्न बुवा, पति वा नातेदार पुरुषबाट अनुमति लिनुपर्ने व्यवस्था थियो ।

महिलालाई कडा कानुनमा राखेर विभेद गरिएको भन्ने कुराहरु सार्वजनिक हुने साउदी अरेबियामा महिलाले जन्म, विवाह र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खोलेको विविसीले जनाएको छ ।

युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका प्रतिबन्धहरूलाई फुकुवा गर्दै गएका छन्। महिलाहरूलाई सवारीसाधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए।

पछिल्ला केही वर्षहरूमा लैङ्गिक उत्पीडनको दाबी गर्दै क्यानडाजस्ता राष्ट्रमा शरण लिने साउदी अरबका महिलाहरूको सङ्ख्या बढ्दै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org