ताजा समाचार

अमेरिकाको टेक्सासमा गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते

एजेन्सी । अमेरिकाको एक सपिङ मलमा गोली चल्दा २० जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् ।

एल पासो सपिङ मलमा गोली चलेपछि २० जनाको मृत?ञु हुनुका साथै २६ जना घाइते भएको सीएनएनले त्यहाँको प्रहरीलाई उदृत गर्दै जनाएको छ ।

शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी मिडियाहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका दाबी गरी खबर दिएका छन् । गोली चलेको स्थान मेक्सिको सिमाना नजिकै रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org