ताजा समाचार

पृथ्वीनारायण शाहले दास युगको अन्त्य गर्दै सामन्त युगको सुत्रपात गरेः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहले दास युगको अन्त्य गरेको जनाएका छन् ।

Hilihang in the History of Nepal नामक पुस्तक विमोचनको क्रममा बोल्दै प्रचण्डले उपत्यकाका राजाहरुले नेपाल एकीकरण गर्न कुनै रुची नदेखाउनुको कारण उनीहरु मोजमस्तीमा रमाउने र काठमाडाैंको मान्छे भक्तपुर र भक्तपुरको मान्छे ललितपुर जाँदा कर लगाएर जनतालाई दास बनाएर खान बानी बसेकाले उनीहरुमा त्यस्तो चाहना स्थापना नै नभएको जनाएका छन् ।

पृथ्वीनारायण शाहले दास युगको अन्त्य गरेर सामन्त युगको सुरुवात गरेर एक कदम अगाडी बढेको जनाएका छन् । तर, सामन्त युगका विरुद्ध लडेर अहिले नेपालमा गणतन्त्र स्थापना भइसकेको समेत उनले स्मरण गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अधिकार अधिकतम रहेको आैल्याउदै प्रचण्डले इतिहाँसको अध्ययन हुन समेत जरुरी रहेको दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org