ताजा समाचार

गाउँपालिका अध्यक्षको गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । जिल्लाको बंगलाचुली गाँउपालिका अध्यक्षले प्रयोग गर्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो । गाउँपालिकाको वडा नम्बर ५ कार्यालयमा पार्किङ गरेर राखिएको गाडीमा शनिबार मध्यराती अज्ञात समूहले आगजनी गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जनाएका छन् ।

गाडी जलेर पूर्ण रुपमा नष्ट भएको जनाइएको छ । बंगलाचुली गाउँपालिका रोल्पासँग सिमाना जोडिएको जिल्ला हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org