ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही लक्षित बम बिस्फोट !

काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।

कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो। मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए ।

‘खार्पुमा कार्यक्रम चलिरहेको बेला माथि डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको छ’, उनले भने, ‘सकेट बम विस्फोट गराइएको हुन सक्छ।

‘ विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले जानकारी दिए। विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको

बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org