ताजा समाचार

दाउद इब्राहिमसहित अन्य चारजनालाई भारतले गर्‍यो आतंकवादी घोषणा

काठमाडाैं । भारतले दाउद इब्राहिमसहित अन्य चार जनालाई आतंकवादी घोषणा गरेको छ ।

भारतले दाउदसहित लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । यसैगरी लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।

भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका भारतीय अन्डरवर्ल्ड डन दाउद पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org