ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा संघीय संसद भवनको शिलान्यास

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् ।

बुधबार सिंहदरबार परिसरभित्रै निर्माण हुन लागेको संसद भवनको प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन् ।

सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ अर्ब २६ करोड लागतमा साे भवन निर्माण गर्न लागिएको हाे । प्रतिनिधिसभा र राष्ट्रिय सभाकालागि अत्याधुनिक भवनहरु निर्माण हुनेछन् । सरकारले आजसम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकहरु सञ्चालन गर्दै आएको छ । भने सरकारले भवन प्रयोग गरे वापत भाडा तिर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org