ताजा समाचार

सरकारले भन्योः डेंगी नियन्त्रण उन्मुख अवस्थामा पुगिसक्यो, आपतकाल घोषणा गर्नु पर्दैन

काठमाडौं । डेंगीका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको सरकारले जनाएको छ ।

बुधबार विशेष समयमा बोल्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगीको अवस्था जटिल नरहेको जनाएका हुन् ।

उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगी नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।

डेंगी नियन्त्रणमा स्वंयसेविकालाई परिचालन गर्ने र डेंगीबारे सुनचा संकलन गरेर सरोकारवालाहरुसँग विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएका हुन् । उनले डेंगीबाट प्रभावित प्रदेशलाई उच्चस्तरिय विज्ञहरुको टोली परिचालन गरिएकोो समेत जानकारी गराए ।

सुदुरपशचिम, प्रदेश ३ र गण्डकी प्रदेशमा विज्ञको टोली गठन गरेर कार्यदल गठ!न गरेको समेत जनाए । यस्तै उनले डेंगी नियन्त्रण उन्मुख भएको समेत दाबी गरे । दिनानुदिन संक्रमण भएका बिरामीहरुको चाप घट्दै गएको समेत जनाए ।

डेंगी रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनले बताए । उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org